Wednesday, November 9, 2011

National Anthem of Nepal modified for Politicians


सयौं खाले नेता हामी एउटै पद सभासद ।
देश बेच्छौं पेट पाल्छौं अनि बन्छौं गदगद ।।

प्रकृतिका कोटी कोटी पापिष्टका नायक,
नाङ्गो नाच देखाउने लोकतन्त्रका गायक ।

ज्ञान शून्य शान्ति शून्य महिषासुरका सन्तान,
लाउन हुन्न खान हुन्न किन चाहियो विधान -

जे गरे नि चुपै बस्ने जनता छन् कमाल,
हाम्ले चुसी खोक्रो भएको जय जय नेपाल ।।

No comments:

Post a Comment